×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाडपर्व लक्षित एनएमबि बैंकको सुनौलो अफर, बुद्द र यति एअरको टिकट बुकिङ्गमा आकर्षक ‘क्यासब्याक’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चाडपर्व लक्षित एनएमबि बैंकको सुनौलो अफर, बुद्द र यति एअरको टिकट बुकिङ्गमा आकर्षक ‘क्यासब्याक’

२ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबि बैंकले बुद्द एअर र यति एअरको टिकट बुकिङ्गमा क्यास ब्याकको योजना ल्याएको छ । बैंकले आउँदो चाड पर्वलाई मध्यनजर गर्दै  क्यासब्याक अफर ल्याएको हो । एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेवबाट बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा रु. ३५० र ५०० क्यासब्याक सुविधा पाउने बैंकले जनाएको छ।

क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई-कमर्स सक्रिय गर्नु पर्नेछ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

बैंकले सार्वजनिक गरेको यो योजना तथा प्राप्त हुने छुट सम्बन्धि अतिरिक्त जानकारी http://[email protected]/[email protected] मा ईमेल गर्न सकिने बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखा, १ सय ३८ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका दाबी गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी