सिरहा । डिएपी मल आएपछि सिरहामा आजदेखि रासायनिक मलको बिक्री वितरण शुरु भएको छ । गहुँबाली लगाउनै लाग्दासमेत मल नपाएपछि निराश बनेका सिरहाका किसानलाई लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कार्पोरेशनले डिएपी मलको बिक्री वितरण शुरु गरेको हो । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि सहकारी संस्थाका डिलरमार्फत किसानलाई डिएपी मल वितरण गर्न थालेको कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख जीवनराज पौडेलले जानकारी दिनुभयो । “हामीलाई दुई दिनअघि कोटा छुट्टयाएर ३३० मेट्रिक टन डिएपी वितरणका लागि मल प्राप्त भएको छ”, प्रमुख पौडेलले भन्नुभयो, “मल आए लगत्तै बिक्री वितरण शुरु गरेको र सहकारी डिलरमार्फत अहिलेसम्म १५० मेट्रिक टन वितरण गरिसकेका छौँ ।” अब हामीसँग १८० मेट्रिक टन डिएपी मल गोदाममा मौज्दात रहेको प्रमुख पौडेलको भनाइ छ ।
यस्तै साल्ट ट्रेडिङ कार्पोरेशनले पनि डिएपी मलको बिक्री वितरणको तयारी थालेको छ । “हामीलाई ७६० मेट्रिक टन अर्थात् १० हजार बोरा डिएपी मल प्राप्त भएको छ”, साल्ट ट्रेडिङ कार्पोरेशन लहानका प्रमुख जीतेन्द्र साहले भन्नुभयो, “गाउँ गाउँमा सहकारीको डिलर बनिसकेको छैन, जसका कारण मल बिक्री वितरण गर्न समस्या भइरहेको छ ।” सहकारीको डिलर बन्ने वित्तिकै डिएपी मलको बिक्री वितरण शुरु गरिने प्रमुख साहको कथन छ ।
सिरहामा डिएपी मल आए पनि युरिया मल भने अभाव रहेको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कार्पोरेशन लहानले जनाएको छ । गहुँबाली छर्ने बेला भएकाले डिएपी र युरिया मलको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा सिरहामा डिएपी र युरिया मलको आभाव भएको छ । सरकारी अनुदानको डिएपी र युरिया मल वितरणको जिम्मा सिरहामा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले पाएका छन् । सिरहामा कूल खेतीयोग्य ६० हजार ७०० हेक्टर क्षेत्रफलमध्ये ७० प्रतिशत क्षेत्रफलमा गहुँखेती हुने गरेको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्