×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिजी पे र स्टार हस्पिटलबीच सम्झौता, स्वास्थ्य परीक्षणमा १० प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डिजी पे र स्टार हस्पिटलबीच सम्झौता, स्वास्थ्य परीक्षणमा १० प्रतिशत छुट

३ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डिजी पे प्रालि र स्टार हस्पिटलबीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत ललितपुरस्थित स्वास्थ्य संस्था स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा स्टार हस्पिटल र डिजी पेका विभिन्न व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।

यस सहकार्य अन्तर्गत डिजी पेले ल्याएको व्यावसायिक तथा घरदैलो योजना अन्तर्गत डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकले स्टार हस्पिटलको सौजन्य रु. ८ सय २५ को दुइवटा रु. १ हजार ६ सय ५० बराबर ओपीडी टिकट निःशुल्क पाउने छन् । साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउने कम्पनीले जनाएको छ ।

स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनका अनुसार यस सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने र नौलो र विशेष सहकार्यमा आबद्ध हुन पाउनुमा खुसी व्यक्त गरेका छन्। उनका अनुसार यस सहकार्यले स्थानीयस्तरमा प्रत्यक्ष बजार विस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने बताए ।

त्यस्तै, डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले स्टार हस्पिटलजस्तो एक प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरी आफ्ना व्यवसायी र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताएका छन् । उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यसअन्तर्गत स्वाथ्य क्षेत्रलाई आबद्ध गर्ने पहिलो खुड्किलो र उपलब्धि हो। यसैगरी अरु पनि विभिन्न संस्थाहरुसँग पनि सहकार्य गरी आफूसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाई थप अफर तथा सुविधा दिने योजना रहेको बताएका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी