×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकको ‘एक्सेल सम्वृद्धि बचत खाता’ संचालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एक्सेल डेभलपमेन्ट बैंकको ‘एक्सेल सम्वृद्धि बचत खाता’ संचालनमा

Artha Sarokar

५ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ‘एक्सेल सम्वृद्धि बचत खाता’ संचालनमा ल्याएको छ । यसबचत खातामा बार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्तगर्न सकिने छ । न्यूनतम २ हजारमा खाता खोल्न सकिने छ भने ब्याज मासिक रुपमा प्राप्त हुने बैंकले जनाएको छ । ‘एक्सेल सम्वृद्धि बचत खाता’ सबै उमेर समुहका नेपाली नागरिकहरुले खोल्न सक्नेछन् ।

बैंकले स्थानिय स्तरमा बचत गर्ने बानी बसाउनका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाताका खातावालाहरुलाई विभिन्न बैंकिङ सुबिधाहरु समेत उपलब्ध गराउने जनाएको छ । जस अन्तर्गत निःशुल्क मोबाइल बैंकिङ, एटिएम कार्ड, चेक बुक, अन्य बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङको सुविधा पनि उपलब्ध हुनेछ ।

हाल बैंकले बैदेशिक विप्रेषणलाई प्रोत्साहन गर्न बार्षिक १०.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट बचत खाता र बार्षिक १३.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट मुद्धति खाता समेत संचालन गरिरहेको बतएको छ । बैंकका अतिरिक्त १० वर्षमा ३ गुना तथा १५ वर्षमा ५ गुना हुने मुद्दती निक्षेपहरु पनि संचालनमा रहेका छन् ।

झापा, मोरङ्ग, सुनसरी, इलाम र पाँचथर कार्यक्षेत्र भएको यस बैंकले ४४ वटा शाखामार्फत स्थानिय स्तरमा बैंकिङ सेवा प्रदान गर्दै आएको दाबी गरेको छ । नगद रहित कारोवारलाई प्रोत्साहन गर्न स्मार्ट बैंकिङ, क्युआर कोड पेमेन्ट,आरटिजिएस, कर्पोरेट पे जस्ता सुबिधाहरु समेत उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ । साथै १ नं. प्रदेश भरी सेवा विस्तार गरी प्रादेशिक बैंक बन्नका लागि आवश्यक पुँजी समेत पुर्याई नेपाल राष्ट्र बैंकमा आवेदन गरी सकेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी