×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रियलमी ९ प्रो ५जी र रियलमी सि३० नेपाली बजारमा उपलब्ध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रियलमी ९ प्रो ५जी र रियलमी सि३० नेपाली बजारमा उपलब्ध

६ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो 5G रियलमी C30 लन्च गरेको छ ।

लन्चमा बोल्दै रियलमि नेपालको कन्ट्री हेड मुनिश गिरीले भने, ‘यो हाम्रो लागि एकदमै महत्त्वपूर्ण स्मार्ट फोन सिरिज हो । किनभने यो बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्स सहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ ।’

रियलमी ९ प्रो 5G

इन्डस्ट्री लिडिङ लाइट शिफ्ट डिजाइन युक्त यो फोनमा अत्याधिक शक्तिशाली ब्याट्रि, क्लास लिडिङ प्रोसेसर र उत्तिकै शक्तिशाली 5G चिप सेट रहेको छ । एन्ड्रोइड १२ ओएस भएको यो फोनको UI भर्जन ३.० रहेको छ ।

यसमा 5G प्रोसेसर मध्यको सबै भन्दा शक्तिशाली प्रोसेसर Snapdragon 695 5G रहेको छ भने १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले रहेको छ । क्यामराको कुरा गर्नुपर्दा यसमा ६४ एमपिको ट्रिपल क्यामरा रहेको छ । १६ एमपिको वाइड एङ्गल सेल्फी क्यामराले ग्रुप सेल्फी लिन सहज बनाएको छ । त्यस्तै साइड माउन्टेड फिङर प्रिन्ट सेन्सर रहेको छ ।

५००० mAh को शक्तिशाली ब्याट्रि भएको यो रियलमी 9 प्रो 5G स्ट्यान्ड–बाइ मोडमा ५८१ घण्टासम्म टिक्छ भने १३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ । त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले जम्मा २७ मिनेटमा नै ५०% सम्म चार्ज गर्न सकिन्छ । अरोरा ग्रिन र सनराइज ब्लुमा ८/१२८ GB को स्टोरेज क्षमता सहित उपलब्ध यसको मुल्य रु.३८,९९९ रहेको छ ।

रियलमी C30

एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस रियलमी mAh को अल्ट्रा स्लिम भर्टिकल डिजाइन स्ट्राइपले यसलाई अत्यन्तै आकर्षक लुक त दिएको छ नै, यो फोन हातमा समाउन पनि उत्तिकै सजिलो छ । रियलमीको हाइ स्पिड फ्ल्यास स्टोरेजले ३ गुणासम्म छिटो डाटा रिड र राइट गर्न सक्ने कम्पनीले जनाएको छ । यसमा पछाडिको क्यामरा ८ एमपिको छ भने अगाडिको क्यामरा ५ एमपिको रहेको छ । शक्तिशाली ५००० mAh को ब्याट्रिको साथमा प्रयोगकर्ताहरुले दिनभरी नै आनन्दसँग फोन चलाउन सक्छन् भने स्ट्यान्डबाइ मोडमा ४५ दिनसम्म टिक्छ ।

यो ब्याम्बू ग्रिन र लेक ब्लु रंगमा २/३२ र ४/६४ को स्टोरेजमा उपलब्ध छ । २/३२ को मुल्य रु.१४,४९९ छ भने ४/६४ को रु.१९,९९९ रहेको छ । रियलमी C30 नेपालभरका स्टोर र अनलाइन मार्फत दराजमा भाद्र ५ गते बाट उपलब्ध हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी