×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू र द बर्गर हाउसबीच सम्झौता, ग्राहकहरुलाई १२ प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमाण्डू र द बर्गर हाउसबीच सम्झौता, ग्राहकहरुलाई १२ प्रतिशत छुट

Artha Sarokar

७ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनबीच सम्झौता भएको छ । बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ,क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १२% छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहकहरुले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १२% छुट पाउने भएका छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरले सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको दाबी गरेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १ सय ३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी