काठमाडौँ । हिमालयन बैंक लिमिटेडले प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ताको ऋणपत्र बिक्रि गर्न भएको छ । बैंकले भदौ १५ गतेदेखि ‘हिमालयन बैंक लिमिटेड फण्ड २०८६’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले बार्षिक १०.५० प्रतिशत ब्याजदरमा ७ बर्से ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्न लागेको हो।
बैंकले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता मध्ये ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
सो ऋणपत्र खरिदका लागि छिटोमा भदौ १९ गतेसम्ममा आवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयरएनपी सिङ्गल ए माइनस इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम न्यून भएको संस्था जनाउँछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्