×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुर र नारायणटारको साथीमार्ट आउटलेट सञ्चालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भक्तपुर र नारायणटारको साथीमार्ट आउटलेट सञ्चालनमा

Artha Sarokar

७ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालमा सबैभन्दा ठूलो र धेरै शाखा सञ्जाल भएको रिटेल चेन साथीमार्टको दुईवटा नयाँ आउटलेटहरु सञ्चालनमा आएका छन् । गोकर्णेश्वर-५ नारायणटार र भक्तपुरको कमलबिनायकमा नयाँ आउटलेटहरु सञ्चालनमा आएका हुन् ।

कमलबिनायकमा १२ वर्षदेखि सहकारी क्षेत्रमा आवद्ध शिव सुन्दर कासिछ्वा र दालमोट फ्याक्ट्रिका सञ्चालक अशोक किलम्बुले नयाँ आउटलेट सञ्चालनमा ल्याएका हुन् भने भर्खरै उच्च शिक्षा सकेर बसेका छेवाङ शेर्पाले नारायणटार आउटलेट सञ्चालनमा ल्याएका हुन् । दुईले आ-आफ्नै संस्कृति अनुसार आउटलेटको उद्धघाटन गरेका थिए । शिव सुन्दर कासिछ्वा र अशोक किलम्बुले नेवारी संस्कृति अनुसार आफैले उद्धघाटन गरेका थिए भने छेवाङ शेर्पाको आउटलेट खेन्पो गावाङ छोपेल शेर्पाले गरेका थिए ।

समयसँगै अनलाइन रिटेल व्यवसायमा संलग्न हुँदा निकै फाइदाजनक हुने विश्वास उनीहरूले लिएका छन् । साथै लोकल लेभलमा पनि हरेक ग्रोसरी शापीङदेखि सम्पूर्ण घरयासी सामानहरू एकै ठाउँमा उपलब्ध गराँउदा ग्राहकहरूलाई निकै सुविधा हुने भएकै कारण साथीमार्टसँग जोडिएको उनीहरू बताउँछन् । साथीमार्टसँग जोडिएपछि एउटा राष्ट्रिय स्तरको नेटवर्कमा जोडिई नेपालको रिटेल इतिहासमा फरक तरिकाले प्रस्तुत हुन चाहेको उनीहरूको भनाई छ ।

यी आउटलेटहरूमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध रहेका छन् । साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट www.saathimart.com मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सकिनेछ । एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी