काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ । हरेक व्यक्तिको छुट्टा-छुट्टै व्यक्तित्व हुन्छ र यही कुरालाई मध्यनजर गर्दै साओमी १२ लाइट नेपाली बजारमा ल्याइएको हो ।
लन्चमा बोल्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले भने, ‘साओमीले नवीनतम प्रविधिमा अपडेट भईरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय-समयमा विकास गरिरहन्छ । यसै क्रममा हामीले हाम्रो मोस्ट अवेटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौँ । यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभूतपूर्व अनुभव लिनुहुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ।’
उनले थपे, ‘यसमा फ्ल्यागशिप डिजाइन त छ नै, साथै १०८ मेगापिक्सेलको मेन क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङल क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामरा भएकोले उपभोक्ताहरुले लक्जरियस एक्स्पिरियन्स लिन सक्ने कम्पनीले जनाएको छ ।
६+१२८ जिबी र ८+१२८ जिबीस्टोरेज सहित आउने साओमी १२ लाइट हरियो, गुलाबि र कालो रंगहरुमा उपलब्ध छ । यसको मुल्य ६+१२८ जिबी ५० हजार ९ सय ९९ र ८+१२८ जिबी ५३ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।