×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि र माछापुच्छ्रे बैंकले पनि ग्राहकबाट अवैध रकम असुले, गुनासो बढेपछि भने-‘गल्ती भयो, फिर्ता गर्छौं’

PRIME CA

एनएमबि र माछापुच्छ्रे बैंकले पनि ग्राहकबाट अवैध रकम असुले, गुनासो बढेपछि भने-‘गल्ती भयो, फिर्ता गर्छौं’

९ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनएमबि बैंक र माछापुच्छ्रे बैंकले गैरकानुनी रुपमा ग्राहकबाट रकम असुली गरेको पाइएको छ । नियामक धितोपत्र बोर्डले आस्वा शुल्कमा अधिकतम ५ रुपैयाँ लिन पाउने व्यवस्था गर्दै निर्देशन जारी गर्दा पनि यी दुवै बैंकले भने सि-आस्वा शुल्कवापत तोकिएको भन्दा बढी रकम असुल गरेका छन् । धितोपत्र बोर्डले मंगलबार नै कार्यान्वयन हुनेगरी सि-आश्वावापत बढीमा ५ रुपैयाँमात्र लिन निर्देशन जारी गरेको थियो ।

माछापुच्छ्रे बैंकका सूचना अधिकारी सुनिल खतिवडाले धितोपत्र बोर्डको सो निर्देशनका बारेमा बैंकमा ढिलोगरी जानकारी आएको र बोर्डको निर्देशनविपरित उठाइएको रकम फिर्ता गरिदिने बताएका छन् । बोर्डको निर्देशनबारे समयमै थाहा नहुँदा लिनुपर्नेभन्दा बढी रकम असुल भएको स्वीकार्दै उनले अर्थ सरोकारसँग भने -‘सि–आस्वा शुल्का बारेमा बोर्डले गरेको निर्देशनको आधिकारिक जानकारी हामीसम्म पुगेको थिएन, त्यसैले बैंकले ग्राहकबाट नियमित रुपमा लिने शुल्क लिईरह्यो ।आज भर्खर सो निर्देशनको सूचना प्राप्त गरेका छौँ । अबदेखि आस्वा शुल्कवापत बोर्डको निर्देशन अनुसार नै ५ रुपैयाँ लिन्छौँ । अहिलेसम्म ज–जसको आस्वा शुल्कवापत २० रुपैँया काटिएको छ, सबैको पैसा फिर्ता गर्छौं ।’

यता धितोपत्र बोर्डको नियम विपरित ग्राहकबाट चर्को शुल्क असुलेको एनएमबी बैंकमा पनि हामीले सो विषयमा बुझ्ने प्रयास गरेका थियौँ । तर, बैंकका सूचना अधिकारी सुदेश उपाध्यायको भने फोन ‘स्विच अफ’ छ ।

नियामक नेपाल धितोपत्र बोर्डले सि-आस्वा शुल्कको नाममा बैंक तथा वित्तीय संस्थाहरुको नियम विपरित शुल्क असुलेमा ऐन अनुसार कार्वाही हुने बताएको छ । बोर्डका सहप्रवक्ता रुपेश केसीले बोर्डले जारी गरेको निर्देशिकाविपरित शुल्क असुल्नेहरुलाई ऐनबमोजिम कारवाही गर्ने बताएका छन् ।

बोर्डले जारी गरेको निर्देशिकामा बैंक तथा वित्तीय संस्थाबाट आईपीओ भर्दा अधिकतम ५ रुपैयाँमात्रै सि-आस्वा शुल्कका रुपमा बैंकहरुले लिन पाइने व्यवस्था छ । बोर्डको नियम अटेर गर्दै आएका बैंकहरुको मनपरीबारे अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि बैंकहरुले भकाभक यसरी गैरकानुनी रुपमा असुलेको रकम फिर्ता गर्ने बताईरहेका छन् । यसअघि सानिमा बैंकले पनि यसरी गैरकानुनी रुपमा असुलेको रकम फिर्ता गर्ने बताइसकेको छ । हिमालयन बैंकले भने उठाईसकेको रकम फिर्ता गर्न नमिल्ने बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: