×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर

Artha Sarokar

१० भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रभु क्यापिटलले चाडवाडको अवसरमा आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । भाद्र ८ गते देखि प्रभु क्यापिटल तथा T3 थकाली ग्रुपकाबिच समझौता भएको छ । यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले T3 थकाली ग्रुपबाट सेवा लिदा १२ प्रतिशत छुट पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीले CHECK OUT या BILL Payment गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनु पर्नेछ । समझौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले T3 थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपाली पूँजी बजारमा Video KYC मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंक र प्रभु क्यापिटल लिमिटेडले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी