×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली कृषिजन्य उत्पादन अमेरिकी बजारमा, वार्षिक ४२ करोडसम्मको कारोबार

PRIME CA
GLOBAL IME BANK

नेपाली कृषिजन्य उत्पादन अमेरिकी बजारमा, वार्षिक ४२ करोडसम्मको कारोबार

१० भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालको ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको ‘पैचो पसल’ प्रालिद्वारा उत्पादित खाद्यवस्तु अमेरिकी बजारमा उपलब्ध गराइने भएको छ ।

नेपाली उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पुर्याउने उद्देश्यले अमेरिका निर्यात सुरु गरेको कम्पनीले त्यहाँका विभिन्न राज्यमा नेपाली उत्पादन उपलब्ध गराउने भएको हो । पैचो पसलले उत्पादन गरेका खाद्य सामग्रीलाई अमेरिकी बजारमा पुर्याउन न्यूयोर्कको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालिमार्फत सहकार्य गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल ध्येयका साथ सुरु भएको पैचो पसलका उत्पादन नेपाली उपभोक्तामाझ लोकप्रिय भएको र यसलाई अन्तर्राष्ट्रिय बजारमा पनि उपभोक्तामाझ पुर्याउन पहल गरिएको पैचो पसलका बजार व्यवस्थापक लक्ष्मण गैरेले बताएका छन् । उनले विशुद्ध पहाडी र उच्च पहाडी भूभागका कृषकले उत्पादन गरेको कृषिजन्य पदार्थलाई प्रशोधन गरी निर्यात गरिने बताएका छन् ।

पैचोका उत्पादनलाई अग्नि एक्जिममार्फत फ्रेन्सी हाउस इन्कले अमेरिका आयात गरी एक्सपोट फर्म नेपाल आइएनसीमार्फत सबै राज्यमा बिक्री सुरु गरेको छ । यसका लागि पैचो पसल र फेन्सी हाउस कइन्कबीच सहकार्यका लागि सम्झौता भएको छ ।

फ्रेन्सी हाउस इन्कका निर्देशक अनिल रौनियारले सम्झौताले नेपालका ग्रामीण भेगका उत्पादनलाई अमेरिकी बजारमा पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले अर्गानिक र इन्ट्रिग्रेटेड पेस्ट म्यमानेजमेन्ट पद्धतिबाट उत्पादित ग्रामीण खाद्यवस्तुको रैथाने स्वादलाई विदेशमा लैजान सुरु गरिएको उल्लेख गरेका छन् ।

वि.सं २०७१ मा स्थापना भएको कम्पनीले किसानले उत्पादन गरेका कृषिजन्य सामग्री सिधै खरिद गरेर उपभोक्तामाझ लैजाने गरिएको पैचो पसलका निर्देशक राजन पौडेलले जानकारी दिएका छन् । कम्पनीले ४० भन्दा बढी प्रकारका कृषिजन्य उत्पादन प्रशोधन र बजारीकरण गर्दै आएको छ । अचारका १२ प्रकारका भेराइटी, मकैको च्याख्ला, गुन्द्रक, सिन्कीलगायत खाद्य सामग्री स्वदेश तथा विदेशमा बजारीकरण गरिएको छ । यी उत्पादन नेपालका साथै जापान, युरोप र अमेरिकी बजारमा पुर्याएर उपभोक्ताको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ । पैचो पसलले वार्षिक रु. ४२ करोडको कारोबार हुनेगरेको जनाएको छ ।

पैचो पसलले गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालीकोटलगायत जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई खरिद गर्दै आएको । ग्रामीण अर्थतन्त्रलाई सबल बनाउँदै विदेशी आयातलाई प्रतिस्थापन गर्न स्वदेशकै ठूला औद्योगिक प्रतिष्ठानलाई पैचो पसलले औद्योगिक कच्चा पदार्थ उपलब्ध गराइरहेको जनाएको छ ।

पैचो पसलले औद्योगिक प्रशोधन गरी विभिन्न स्वादका अचार, जाम, सस, टोमेटो प्यूरी, भेनगर उत्पादन गरिरहेको छ । त्यस्तैगरी परम्परागत खाद्यवस्तु फापरको पीठो, कोदोको पीठो, सिन्की मस्यौरा तथा जुम्लाको सिमी र मकैको आटो (च्याख्ला) लगायतका खाद्यवस्तु उत्पादन गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: