Skip to content
LAXMI SUNRISE BANK

खल्ती र अ.पे.न बीच शिक्षा क्षेत्र डिजिटलाइज गर्ने सम्झौता

अर्थ सरोकार

काठमाडौँ । एसोसिएसन अफ प्रि-स्कूल एजुकेटर्स नेपाल (अ.पे.न) र खल्ती बीच साझेदारी भएको छ । यस साझेदारीसंगै अब अ.पे.न संग आबद्ध रहेका ६०० भन्दा बढी मनटेस्वरीहरुले नविकरण शुल्क तथा कार्यक्रम शुल्क को सजिलै खल्ती मार्फत् भुक्तानी गर्न सक्नेछन् । साथै अ.पे.न संग जोडिन चाहने मनटेस्वरीहरुले पनि अ.पे.न को रजिस्ट्रेशन शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

खल्तीले अ.पे.न संग आबद्ध रहेका हरेक मनटेस्वरीहरुलाई डिजिटल शुल्क सङ्कलनको सुविधा प्रदान पनि गरेको छ । जस अन्तर्गत अब अ.पे.न संग आबद्ध भएका र हुन चाहने सम्पूर्ण मनटेस्वरीहरुले निःशुल्क रूपमा डिजिटल शुल्क सङ्कलन गर्न सक्नेछन् । साथै ५०० निःशुल्क एसएमएसको फाईदा पनि लिन सक्ने खल्तीले जनाएको छ।

एसोसिएसन अफ प्रि-स्कूल एजुकेटर्स नेपाल (अ.पे.न) काठमाडौं जिल्ला प्रशासन र समाज कल्याण परिषद्मा दर्ता भएको गैर नाफामुखी संस्था हो। एस संस्थाले सामान्यतया अभिभावकको भूमिका खेल्दै प्रिस्कूललाई आवश्यक मार्गदर्शन र परामर्श प्रदान गर्दछ । साथै बालबालिका, शिक्षक र प्रिन्सिपलहरूलाई विभिन्न अभिमुखीकरणहरू, स्टेज कार्यक्रमहरू, र प्रेरक कार्यक्रमहरू मार्फत अघि बढ्न प्रेरित गर्छ।

यस सेवा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘अ.पे.न संग मिली डिजिटल शिक्षा प्रणालीमा पनि सेवा गर्न पाउनु हाम्रो लागि एक महत्वपुर्ण अवसर हो । हाम्रो यस साझेदारीले परम्परागत शुल्क सङ्कलन प्रणालीलाई डिजिटलाइज गर्दै शैक्षिक क्षेत्रको बित्तिय कारोबार अझै सरल र सुरक्षित बनाउने कुरामा हामी बिस्वस्त छौं ।’

नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको दाबी गरेको छ । देशभर २३ लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु साथमा ६० हजार + एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरू बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि यी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको जनाएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK