काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्ण कार्कीले आफ्नो कार्यकालमा नेप्सेलाई थप सुदृढ बनाउने दाबी गरेका छन् । लामो समयदेखि लगानीकर्ताहरुले उठाएको ‘अनलाइन अपग्रेड’को मुद्धालाई छिट्टै सम्बोधन गर्ने तयारीमा रहेको बताउँदै कार्कीले लगानीकर्ताका हरेक मुद्धामा नेप्से गम्भिर भएर लाग्नेसमेत बताएका छन् ।
गलत काम गर्नेलाई आवश्यक कारवाही गर्ने कामदेखि लगानीकर्ता सचेतनाका लागि गर्नुपर्ने काममा नेप्से थप सशक्त बनेर लाग्नेसमेत सीइओ कार्कीको भनाई छ । अर्थ सरोकारको नियमित टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ, नेप्सेका सीइओ कार्कीसँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले गरेको कुराकानी ।