×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्लुमबर्गको सूचीमा भारतका अडानी तेस्रो स्थानमा, मुकेश अम्बानीलाई पछि पार्दै बने विश्वकै तेस्रो धनी व्यक्ति

PRIME CA

ब्लुमबर्गको सूचीमा भारतका अडानी तेस्रो स्थानमा, मुकेश अम्बानीलाई पछि पार्दै बने विश्वकै तेस्रो धनी व्यक्ति

अर्थ सरोकार

१४ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । १ खर्ब बढी अमेरिकी डलरका मालिक गौतम अडानी विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । अडानी ग्रुपका संस्थापक समेत रहेका गौतमको मंगलबारसम्म कुल सम्पत्ती १ खर्ब ३७ अर्ब अमेरिकी डलर पुगेको छ । योसँगै अडानी ब्लुमबर्गको सूचीमा तेस्रो स्थानमा छन् । उनी विश्वकै धनीहरुको सूचीमा शीर्ष ३ मा पर्ने एसियाकै पहिलो व्यक्ति बनेका छन् ।

भारतकै सबैभन्दा ठूलो व्यापारिक समूहमध्येको अडानी ग्रुपका मालिक हुन्, अडानी । अडानी कोइलाको कारोबार गर्छन् । कलेज पढ्दादेखि नै ठूलो महत्वकांक्षी भएका अडानीले पढाई छोडेर हिराको कारोबारबाट आफ्नो व्यापारिक साम्राज्यको सुरुवात गरेका थिए । भारतकै धनी व्यक्तिका रुपमा परिचित मुकेश अम्बानीलाई समेत पछि पार्दै अडानीले विश्व धनीको सूचिमा आफ्नो स्थान सुनिश्चित गरेका छन् ।

हाल विश्वकै सर्वाधिक धनीहरुको सूचीको पहिलो नम्बरमा टेस्लाका इलन मस्क रहेका छन् भने दोस्रो स्थानमा अमेजनका जेफ बेजोस रहेका छन् । ब्लुमबर्गको मंगलबारको सूची अनुसार बेजोसको सम्पति १ खर्ब ५३ अर्ब डलर र मस्कको २ खर्ब ५१ अर्ब डलर रहेको छ भने अडानीको सम्पति सन् २०२२ मा मात्रै ६०.९ अर्ब डलरले बढेको छ । यता, अडानी ग्रुपको सेयर भाउ सन् २०२० यता १०००% भन्दा धेरैले बढेको छ । उनी ब्लुमबर्गको सूचीको पहिलो नम्बरमा आउनका लागि मेहेनत गरिरहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: