×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्ती र क्युएफएक्स सिनेमाबीच सम्झौता, ५० सेकेन्डमै चलचित्रको टिकट खरिद गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

खल्ती र क्युएफएक्स सिनेमाबीच सम्झौता, ५० सेकेन्डमै चलचित्रको टिकट खरिद गर्न सकिने

१५ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । TeamQuest द्वारा प्रबन्धित क्युएफएक्स Cinemas ले आफ्नो एप मार्फत चलचित्र टिकट खरिदका लागि खल्तीसँग विशेष साझेदारी गरेको छ । यस साझेदारी अघि, QFX का ग्राहकहरूले QFX एप वा वेबसाइटमा लगइन गरेर मात्र चलचित्रहरू किन्न सक्थे भने अब खल्ती एपबाट मात्र ५० सेकेन्डमा चलचित्रको टिकट खरिद गर्न सक्नेछन् । खल्ती एपबाट टिकट खरिद गरेपछि प्रयोगकर्ताहरूले QFX को Loyalty Points र Khalti Points पनि प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ।

खल्ती क्युएफएक्स सिनेमाहरूको रोजिएको पेमेन्ट पार्टनर रहेको छ । अब खल्ती एप मार्फत टिकट खरिद, क्यूआर प्लेसमेन्ट, क्यूएफएक्स वेबसाइट र एपमा ब्रान्डिङ, क्याम्पेन टाइ-अप र अन-स्क्रिन र अफ-स्क्रिन ब्रान्डिङ क्षेत्रमा विज्ञापन प्लेसमेन्ट लगायत विभिन्न मार्केटिङ सहकार्यहरू समावेश गर्दछ। यस सेवाको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हाम्रो एउटा महत्वपूर्ण लक्ष्य भनेकै प्रत्येक नेपालीको लागि जीवनशैली ब्रान्ड बन्नु हो । यस लक्ष्यको एक पाटोको रूपमा, हामी क्युएफएक्स जस्ता मनोरञ्जन उद्योगमा एक प्रसिद्ध सिनेमा ब्रान्डसँग काम गर्न पाउँदा हर्षित छौं । हामी आशा गर्छौं कि हाम्रो सहकार्य देशभरका चलचित्र प्रेमीहरूका लागि फलदायक बन्नेछ।’

यस साझेदारीको बारेमा TeamQuest का महाप्रबन्धक प्रशम्सा पाण्डेले भनिन् ‘हाम्रो उदेश्य सधैं ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो । हामी आशा गर्छौं कि हाम्रा ग्राहकहरू यस साझेदारीबाट लाभान्वित हुनेछन् । ‘ QFX Cinemas; Team Quest Pvt स्वामित्व र संचालनमा रहेको एउटा प्रचलित ब्रान्ड हो । यसले नेपालका विभिन्न स्थानमा फ्रेन्चाइज मोडलमा थिएटर सञ्चालन गर्दै आएको जनाएको छ । क्युएफएक्स सिनेमाले हाल काठमाडौं उपत्यका (सिभिल मल, लबिम मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स), भाटभटेनी विराटनगर, जल्मा नारायणगढ, बागेश्वरी नेपालगन्ज, वन स्टप मल बिर्तामोड, भाटभटेनी बुटवल, एपेक्स मल दमौलीमा सञ्चालित छन् ।

कम्पनीको १२ औं स्थान वीरगन्जमा छिट्टै खुल्दैछ । विश्व-स्तरीय चलचित्र अनुभवको लागि टेक्नोलोजी र भौतिक पूर्वाधारको अतिरिक्त, QFX सिनेमाहरूले विभिन्न स्थानहरूमा प्रिमियम सिटहरूको विलासिताका साथ खाना र पेय पदार्थहरू पनि प्रदान गर्दछ। चलचित्र सम्बन्धित जानकारी र सोधपुछको लागि, QFX सिनेमा एप डाउनलोड सकिन्छ वा http://www.qfxcinemas.comमा हेर्न सकिन्छ।

खल्तीले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको  दाबी गरेको छ । करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ५० हजार+ एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ताहरू छन् । यस मार्फत् प्रयोगकर्ताले बिलहरू भुक्तानी, मोबाइल र टिभी रिचार्ज, उडान र चलचित्र टिकट बुकिङ, बीमा प्रिमियम, अनलाइन सपिङ साइटहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य धेरै सेवाहरूको डिजिटल भुक्तानी गर्न सक्नेछन्।  साथै, खल्तीले प्रदान गर्ने भुक्तानी सेवाहरूले पनि धेरै साना तथा ठूला व्यवसायहरूलाई आफ्नो बिक्री अनलाइन स्थानान्तरण गर्न प्रोत्साहित गरेको बताएको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी