×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले ल्यायो १५ गुणासम्म प्रतिफल दिने गज्जबको मुद्दती खाता योजना, सहभागी हुन २५ हजार रकम मुद्दती गर्नुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकले ल्यायो १५ गुणासम्म प्रतिफल दिने गज्जबको मुद्दती खाता योजना, सहभागी हुन २५ हजार रकम मुद्दती गर्नुपर्ने

१८ भाद्र २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंकले गज्जबको मुद्दती खाता योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहहरुको आवश्यकतालाई मध्यनजर गर्दै १५ गुणासम्मको प्रतिफल दिने गज्जबको मुद्दती खाता योजना ल्याएको हो । बैंकले गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको ५ गुणा देखि १५ गुणा सम्म रकम प्राप्त गर्न सकिनेछ ।

१४ वर्ष ८ महिनामा मुद्दती रकम ५ गुणा हुने, २० वर्ष ११ महिनामा मुद्दती रकम १० गुणा हुने र २४ वर्ष ७ महिनामा मुद्दती रकम १५ गुणा हुने बैंकले जनाएको छ । यस योजनामा सहभागी हुन न्युनतम रु २५,००० रकम मुद्दती गर्नुपर्ने छ ।

उक्त योजनाको अवधिमा पैसा आवश्यक परे जम्मा भएको रकमको ९० प्रतिशत सम्म कर्जा समेत लिन सकिने बैंकले जनाएको छ । यस योजनामा सहभागी हुने ग्राहकहरुलाई बैंकले रु ५ लाख सम्मको क्रेडिट कार्डको जारी शुल्क र लकर शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

हाल बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटिएममार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी