×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिभो भी २५ सिरिज स्मार्टफोनको प्रि-बुकिङ खुल्ला, आकर्षक उपहार जित्ने मौका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भिभो भी २५ सिरिज स्मार्टफोनको प्रि-बुकिङ खुल्ला, आकर्षक उपहार जित्ने मौका

१९ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भिभोले आफ्नो नयाँ भी २५ सिरिजका स्मार्टफोनहरूको प्रि-बुकिङ खुल्ला गरेको छ । ग्राहकहरुले भदौ १९ गते देखि भदौ २२ गते सम्म भी २५ सिरिजका स्मार्टफोनको प्रि-बुकिङ गरी आकर्षक उपहार जित्ने सक्नेछन् । भी २५ फाइभजीको प्रि-बुकिङमा आकर्षक उपहार भिभो नेकब्यान्ड र भी २५ ई को प्रि-बुकिङमा एंकर यूआई नेकब्यान्ड पाउने कम्पनीले जनाएको छ । भी सिरिज उत्कृष्ट डिजाइन, शक्तिशाली प्रदर्शन र अपग्रेडेड विशेषताहरुको साथ चाँडै नै नेपाली प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

भी २५ र भी २५ ई दुबैमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ । यसका साथै, दुबै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ जसले फोनलाई अझ बढि आकर्षक बनाउँछ । भी २५ सिरिज हल्का तौल र स्टाइलिश डिजाइनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । भी २५ फाइभजी र भी २५ ई दुवैमा ६४ एमपी ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ जसले कम ब्राइटनेस र हल्लिएको ब्लर फोटाहरुलाई स्पष्ट बनाउने कम्पनीले दाबी गरेको छ ।

त्यस्तै, भी २५ फाइभजीमा ५०एमपी अटो फोकस पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ ।  भी २५ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९०० प्रोसेसर प्रयोग गरिएको छ भने भी २५ ई मा मिडिया टेक हेलियो जी ९९ प्रोसेसर प्रयोग गरिएको छ । भी २५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसका साथै स्मुद अनुभवका लागि भी२५ सिरिजमा ८ जीबी र्याम र १२८ जीबी रोम रहेको छ जसमा ८ जीबीको एक्सटेन्डेड र्याम पनि रहेको कम्पनीले जनाएको छ ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भिभोले फोटोग्राफी केन्द्रित ब्रान्डको रूपमा आफूलाई स्थापित गर्दै आएको छ । भी२५ सिरिजले आफ्ना प्रयोगकर्ताहरूलाई अत्याधुनिक क्यामेरा र इमेजिङ प्रविधि प्रदान गर्दछ । दुवै स्मार्टफोनहरू , भी२५ फाइभजी र भी २५ ई ले सेग्मेन्टकै उत्कृष्ट विशेषताहरु र चौतर्फी अनुभव प्रदान गर्दछ जसका लागि फ्यानहरूले भी सिरिजलाई व्यापक रूपमा मन पराएका छन् । भी २५ शृङ्खलामा हामीले अत्याधिक रुचाइएको कलर चेन्जिङ ग्लास डिजाइन ल्याएका छौं । धेरै प्रशंसा र मायाको साथ, भी २५ सिरिज अब नेपालभर प्रि-बुकिङको लागि खुला गरेका छौं । भिभो फ्यानहरूले यसलाई पनि धेरै मन पराउनु हुनेछ भन्ने हामी आशावादी छौं ।’

भी २५ फाइभजी दुईवटा कलर भेरियन्ट अक्वामेरिन ब्लु र डायमण्ड ब्ल्याकमा उपलब्ध हुनेछ र यसको मूल्य रु ५२,९९९ रहेको छ । भिभो भी २५ ई को मूल्य ४२,९९९ रुपैयाँ छ र यो दुई कलर भेरियन्ट-सनराइज गोल्ड र डायमण्ड ब्ल्याकमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी