×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र श्री कृष्ण पोलीक्लिनिकबीच सम्झौता, विभिन्न सेवामा आकर्षक छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंक र श्री कृष्ण पोलीक्लिनिकबीच सम्झौता, विभिन्न सेवामा आकर्षक छुट

१९ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैंक लिमिटेड र श्री कृष्ण पोलीक्लिनिक प्रा. लि.बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई श्री कृष्ण पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले पोलीक्लिनिकबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ओपिडि शुल्कमा ५०%, एक्स-रेमा १०%, ल्याब टेस्टमा १५%, प्रक्रिया/ड्रेसिङ शुल्कमा १०% र औषधी शुल्कहरूमा ३ देखि ५% छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी