×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबीच सम्झौता, विभिन्न सेवामा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंक र बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबीच सम्झौता, विभिन्न सेवामा विशेष छुट

२० भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैंक लिमिटेड र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रा. लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २०%, प्रयोगशाला शुल्कहरूमा १५%, एक्स-रेमा १०%, र औषधी शुल्कहरूमा ५% छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी