×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माइपे डिजिटल वालेटको एक दिने राइड कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माइपे डिजिटल वालेटको एक दिने राइड कार्यक्रम सम्पन्न

२० भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एम आर बी’ सफलतापुर्वक सम्पन्न भएको छ । भाद्र १८ गते शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड कार्यक्रममा चर्चित MOTO VLOGER सँगै राइड मन पराउने २०० भन्दा बढी राइडरको सहभागीता रहेको थियो । राइडमा नेपालका विभिन्न भागबाट आएका राइडरहरुको सहभागिता रहेको थियो । माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताको अध्यक्षतामा सम्पन्न उक्त राइड कार्यक्रम भक्तपुरको राधे राधे देखि काभ्रेको धुलिखेलसम्म पुगेको थियो ।

कार्यक्रममा पछिल्लो समय युवाहरुमाझ निकै चर्चित MOTO VLOGER विविद जंग थापा (एम आर वि) सँगै नायिका स्वस्तिमा खड्का, नायक नीराजन प्रदानको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा र्याप समूह ट्रिपी ग्याङ तथा सन्दर्भ ब्यान्डले लाइभ प्रस्तुति समेत दिएका थिए । माइपे का सिइओ मनोज मेहताले नेपाली युवाहरु माझ लोकप्रिय माइपे वालेटले आगामी दिनमा समेत युवाहरुको चहाना र आवश्यकतालाई मध्येनजर गर्दै थप सुविधाहरु थप्दै लगिने जानकारी दिएका थिए । यस्तै राइड कार्यक्रमलाई सम्बोधन गर्दै माइपेका विजनेस तथा मार्केटिङ्ग हेड रोशन सिग्देलले युवाहरुमाझ लोकप्रिय बन्दै गएको माइपे वालेटले युवाहरुकै इच्छा बमोजिम राइड कार्यक्रम आयोजना गरेको बताएका थिए ।

नेपाली राइड सियरिङ एप सजिलोका प्रमुख कार्यकारी अधिकृत अमिर लामाले युवाहरुलाई नयाँ अनुभवको अवसर दिएको तथा आफूपनि यस कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा सहभागी राइडरहरु अहिलेसम्मकै उत्कृट राइडको अनुभव रहेको बताएका थिए । डिजिटल भुक्तानीप्रति जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक नियमको पालना सम्बन्धी जनाकारी गराउँने साथै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले राइडको आयोजना गरिएको माइपेको भनाइ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी