×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूको कार्डबाट इ-कमर्स कारोबारमा क्यासव्याक योजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमाण्डूको कार्डबाट इ-कमर्स कारोबारमा क्यासव्याक योजना

२१ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंक अफ काठमाण्डूले नेपालीको आउँदै गरेको महान चाडपर्वलक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई-कमर्स कारोबारमा नगदफिर्ता योजना ल्याएको छ । बैंकका कार्डवाहकले विभिन्न ई-कमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकले कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम रु.१ हजार ५ सय सम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ ।

यस नगद फिर्ता योजना यही भदौ २२ गते बुधबारबाट सुरु हुनेछ । नगद फिर्ता अन्तर्गत बैंकका कार्डवाहकले नगद फिर्ताका लागि योजना अवधिभर ३ वा सोभन्दा धेरै संख्याको ई-कमर्स कारोबार गर्नुपर्नेछ र कारोबार रकम रु. १० हजार वा सोभन्दा बढी रकम हुनुपर्नेछ । यदि कोही ग्राहकको कार्ड अनलाइन कारोबारका लागि दर्ता भएको छैन भने कार्डवाहकहरुले बैंकको वेबसाइटमा गई आफैँ कार्ड अनलाइन कारोबारका लागि दर्ता गर्न सक्नेछन् वा आफूलाई पायक पर्ने बैंकको कुनै पनि शाखा कार्यालयमा गई अनलाइन कारोबारका लागि निःशुल्क दर्ता गर्न सक्नेछन् ।

बैंकको आफ्नो डेबिट तथा क्रेडिट कार्डवाहकले विभिन्न ई–कमर्स प्लेटफर्महरुमा अनलाइन माध्यमबाट आफूलाई मनपर्ने सामानहरु खरिद गरी बैंकको कार्डबाट विद्युतीय माध्यमबाट भुक्तानी गरिरहेका छन्। पछिल्लो समय कार्डबाट हुने विद्युतीय भुक्तानी कारोबारमा बैंकका ग्राहकको रुचि वृद्धि भइरहेको छ । यस्तै रुचिहरुको निरन्तरता तथा रुचि वृद्धिका लागि बैंकले विभिन्न समयमा कार्डवाहकहरुको फाइदाका लागि नगद फिर्ता तथा छुट योजनाहरु ल्याइरहेको छ ।

यस नगद फिर्ता योजनाले ग्राहकलाई धेरै फाइदा हुने भएकोले यस योजनामा ग्राहकको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको छ । यसका साथै यो नगद फिर्ता योजना सीमित अवधिका लागि भएको हुनाले यस योजनामा चाँडै सहभागी भई कार्डवाहकलाई फाइदा लिन बैंकले आह्वान गरेको छ।

विद्युतीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ई-कमर्स प्लेटफर्म, विभिन्न होटेल, रेस्टुरेन्ट, फिटनेस सेन्टर, स्टोर, अस्पताल, स्वास्थ्य क्लिनिक, इन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरिरहेको र भविष्यमा पनि यस्ता योजना ल्याई ग्राहकलाई लाभान्वित बनाउन बैंकले प्रतिबद्धता जनाएको छ । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको दाबी गरेको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी