×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

२२ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राउण्ड टेवल नेपालको २०७९ भदौ १८ गते सम्पन्न २२ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भएका हुन् ।

निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराएका थिए ।

सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट समेत अतिथिहरु आएका थिए । साधारणसभामा देशभरबाट ४ सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी