- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थित रहेर सोहि मूल्यमै कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि स्थिर रहेको प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ८ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।