काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुरु गरेको ‘अवैध संरचना र फुटपाथको व्यापार’ हटाउने अभियानले सार्थकता पाएको छ । वर्षौंदेखि अव्यवस्थित व्यापारका कारण खचाखच भरिने काठमाडौंका सडक तथा गल्लि अहिले चौडा र फराकिला बनेका छन् । जसको पछिल्लो उदाहरण हो असर र इन्द्रचोक ।
केहि समय अघि असन र इन्द्रचोकको ती साँघुरा गल्लीको दाँया-बाँया दुवैतिर पसल देखिन्थे । व्यापारीहरु चिच्याइचिच्याई व्यापार गर्थे, हिड्नका लागि पैदलयात्रीलाई सकस पर्थ्यो । अझ सवारी साधन लिएर सो सडकमा हिड्नु भनेको धेरैका लागि फलामको चिउरा चपाउनु जस्तै हुन्थ्यो । तर, अहिले ती सडक खुला र फराकिलासंगै सुन्दर देखिएका छन् । महानगरले असन र इन्द्रचोकको फुटपाथमा संचालन हुदै आएका अनाधिकृत व्यापार हटाएसंगै अहिले असन र इन्द्रचोकको सुन्दरता झनै बढेको छ ।
सडक फराकिलो भएसंगै पैदलयात्रीलाई समेत सहज भएको छ । काठमाडौंको सबैभन्दा पुरानो असनको व्यापार अहिले व्यवस्थित देखिन्छ । असनको अव्यवस्थित व्यापार हटेसंगै अहिले इन्द्रचोकको सुन्दरता असनबाटै नियाल्न सकिन्छ । फुटपाथको व्यापार हटेसंगै पहिले सो सडक हिड्न नै दिक्क मान्ने पैदलायात्री पनि मुस्कुराउदै हिडिरहेका देखिन्छन । बाँकी फोटो फिचरमा हेर्नुहोस् :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्