×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व गभर्नरकै बुहारीले तिरिनन् सहकारीको ऋण, २१ दिने सूचना निकाल्दै सहकारीले भन्यो -‘ऋण नतिरे घरजग्गा लिलाम गर्छौं’

अर्थ सरोकार

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार

PRIME CA

पूर्व गभर्नरकै बुहारीले तिरिनन् सहकारीको ऋण, २१ दिने सूचना निकाल्दै सहकारीले भन्यो -‘ऋण नतिरे घरजग्गा लिलाम गर्छौं’

काठमाडौं । सहकारीको ऋण नतिरेको भन्दै पूर्व गभर्नर तिलक रावलकी बुहारीलाई सहकारीले ऋण तिर्न २१ दिने अल्टिमेटम जारी गरेको छ । ललितपुरको लालिगुँरास बहुउद्धेश्यीय सहकारी संस्थाले पूर्व गभर्नर रावलकी बुहारी सृष्टी राणा रावललाई ऋण तिर्न ताकेता गरेको हो । उनी निलम्बनमा परेका प्रधानन्यायधिस चोलेन्द्र शमशेर जबराको छोरी समेत हुन् ।

सृष्टीले सहकारीबाट व्यवसायीक प्रयोजनका लागि भन्दै ऋण लिएकी थिइन् । ऋण लिएको लामो समयसम्म राणाले सहकारीबाट लिएको ऋणको साँवा, ब्याज र अन्य दस्तुर तिरिनन् । पटक-पटक लिखित र मौखिक रुपमा ऋण तिर्नका लागि ताकेता गर्दा पनि कर्जा चुक्ता नभएपछि सहकारीले २१ दिने सूचना निकालेको छ ।

‘उहाँलाई ऋण तिर्नका लागि संस्थाले लामै समय दिएको हो । तर कर्जा चुक्ता गर्नेतर्फ उहाँले खासै चासो देखाउनु भएन ।’ संस्थाका एक कर्मचारीले अर्थ सरोकारसँग भने -‘पारिवारिक पृष्ठभूमि राम्रै भएकाले संस्थाले उहाँमाथि लगानी गरेको थियो । तर, असुली गर्ने अन्य कुनैपनि विकल्प नरहेपछि २१ दिने सूचना निकालेका छौँ ।’ यो अवधिमा पनि रकम असुली नभए संस्थाले लिलामीका लागि ३५ दिने सूचना प्रकाशित गर्ने समेत चेतावनी दिएको छ ।

यता संस्थाले प्रकाशित गरेको सूचनामा २१ दिनभित्र कर्जाको साँवा, ब्याज र अन्य दस्तुर नबुझाए घरजग्गा लिलाम हुने उल्लेख गरिएको छ । ‘यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र यस संस्थामा सम्पर्क राखी लिएको कर्जाको साँवा, ब्याज तथा अन्य दस्तुर समेत चुक्ता गर्नुहोला । अन्यथा यस संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली, संस्थाको विनियम तथा सहकारी ऐन २०७४, नियमावली २०७५ ले दिएको अधिकार प्रयोग गरी ऋणी तथा जमानीको फोटो सहितको विवरण खुलाई पुनः ३५ दिने सूचना प्रकाशित गरी संस्थाको नाममा दृष्टिबन्धकी पारित गरी दिएको धितो लिलामी प्रक्रिया अगाडि बढाइने छ’ -सूचनामा उल्लेख गरिएको छ ।

सहकारीबाट यसरी लिएको ऋणको जमानत पूर्व गभर्नर रावलका छोरा विनय रावल बसेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: