×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीलाई सरकारको राहत, नगरपालिकाभित्र सञ्चालित सहकारीले ५ प्रतिशत आयकर बुझाए पुग्ने

PRIME CA

सहकारीलाई सरकारको राहत, नगरपालिकाभित्र सञ्चालित सहकारीले ५ प्रतिशत आयकर बुझाए पुग्ने

अर्थ सरोकार

२६ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले सहकारी संस्थाहरुको आयकरमा छुट दिने भएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक ऐन २०७९ का विभिन्न प्रावधानलाई परिवर्तन गरेको जनाएको छ । जसमध्ये सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा लाग्ने आयकर घटाइएको हो ।

‘अव नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सहकारीले ५ प्रतिशत मात्र आयकर तिरे पुग्छ’, मन्त्रालयका एक अधिकारीले भने, ‘यसमा कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा त्यसमा लाग्ने आयकर घटाइएको हो ।’

यसअघि यस्तो करको दायरा ७.५ प्रतिशत थियो । उपमहानगरपालिका भित्र सञ्चालित सहकायरीको हकमा आयकरको सीमा ७ प्रतिशतमा झारिएको छ । यसअघि यो प्रावधान १० प्रतिशतको थियो । महानगरपालिका भित्र सञ्चालित सहकारीका लागि १० प्रतिशत आयकर लाग्ने छ । यसअघि यो १५ प्रतिशत कायम रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: