काठमाडौँ । डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ वटा अवार्ड जित्न सफल भएको छ ।
मार्स् प्रा.लि.ले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन ‘खुसीको कनेक्सन’ लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड प्रदान गरेको थियो ।
साथै,ए.एन.एस. कृयसनले निर्माण गरेको ‘क्वालिटीमा नं.वान मासिक शुल्क सबै भन्दा कम’ टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्यूनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाँङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको छ ।
१२ औं संस्करणको कृति अवार्डमा डिशहोम फाईवरनेट पावर्ड बाई स्पोन्सर समेत रहको थियो ।