×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिजबजारले ल्यायो दशैँ अफर, सामानहरू खरिद गर्दा ७० प्रतिशत सम्मको छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिजबजारले ल्यायो दशैँ अफर, सामानहरू खरिद गर्दा ७० प्रतिशत सम्मको छुट

२७ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ई-कमर्स प्लेटफर्म बिजबजारले वडा दसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका महान् चाडहरूलाई दृष्टिगत गर्दै ‘बिजबजार भव्य उत्सव’ नामक योजना चाडबाडको उमङ भव्य अफर्स सँग भन्ने नाराका साथ ल्याउने भएको छ ।

चाडपर्वमा सेवाग्राहीहरूले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूको माग अनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले बताएको छ । बिजबजार भव्य उत्सव अन्तर्गत सबै वर्गका सेवाग्राहीहरूले विभिन्न क्याटेगोरिजका सामानहरू खरिद गर्दा ७० प्रतिशत सम्म छुट सहित विविध रोमाञ्चक र आकर्षक योजनाहरू तथा उपहारहरू एवं बम्पर उपहारहरू समेत प्राप्त गर्न सक्नेछन्।

कम्पनीले यस योजना अन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू पनि सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्ने मौका प्राप्त गर्नेछन् । योजना अन्तर्गतका विभिन्न अफरहरूको विस्तृत जानकारी बिजबजारले क्रमशः रूपमा आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने हुँदा सेवाग्राहीहरूले सो मार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्ने बिजबजारले बताएको छ ।

बिजबजार भव्य उत्सवका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार अनलाईन सपिङ्ग ’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप-टप वा डेस्क-टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै http://www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी