×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

२७ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ ।

यस सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका रु. ३ करोड सम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुने भएको छ । साथै, कृषि कर्जा प्रवाहको जोखिम थप न्युनिकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैंकले अपेक्षा गरेको छ ।

उक्त सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फवाट नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंकको तर्फबाट उपमहाप्रवन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा कोषको प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, विष्णुमणी अधिकारी, सेञ्चुरी कमर्सियल बैंकका कृषि तथा विपन्न कर्जा विभाग प्रमुख प्रविन कुमार दाहाल तथा बजारिकरण विभागका गणेश सुवेदीको उपस्थित रहेको थियो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी