×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीलाई पुष मसान्तभित्र साधारण सभा सम्पन्न गर्न महानगरको निर्देशन, १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने आदेश

PRIME CA

सहकारीलाई पुष मसान्तभित्र साधारण सभा सम्पन्न गर्न महानगरको निर्देशन, १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने आदेश

२९ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र रहेका सम्पूर्ण सहकारीहरुले पुष मसान्तभित्र साधारण सभा सम्पन्न गर्नुपर्ने भएको छ । मंगलबार महानगरले एक सूचना जारी गर्दै काठमाडौं भित्रका सम्पूर्ण सहकारी संस्थाहरुलाई पुष मसान्त २०७९ भित्र साधारण सभा सम्पन्न गर्न निर्देशन दिएसँगै अव पुष मसान्तभित्रमा सभा सम्पन्न गर्नुपर्ने भएको हो ।

पुष मसान्तभित्रमा साधारण सभा सम्पन्न गर्नुपर्नेछ भने साधारण सभा सम्पन्न भएको १५ दिन भित्र साधारणसभाबाट पारित प्रतिवेदन काठमाडौं महानगरपालिका भित्रको सहकारी विभागमा अनिवार्य बुझाउनु पर्नेछ । विगाभले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न समेत सहकारी संस्थाहरुलाई सूचित गरेको छ ।

त्यस्तै महानगरपालिकाले साधारण सभा गर्दा काठमाडौं कार्यक्षेत्र भएका सहकारीले गणपुरक संख्या (५१ प्रतिशत) पुर्याउन समेत निर्देशन दिएको छ । साधारण सभामा भाषण भन्दा बढी एजेन्डामा केन्द्रित गर्न समेत महानगरपालिकाले सहकारीहरुलाई सूचित गरेको छ भने सबै प्रतिवेदनमाथि साधारण सदस्यबीच पर्याप्त छलफल गराएर मात्र प्रतिवेदन पास गर्न समेत भनिएको छ ।

संस्थाको चालु आवको बजेट, नीति तथा कार्यक्रम समेत साधारणसभाबाटै अनुमोदन गराउनु पर्ने छ । महानगरभित्र सञ्चालित सहकारीले तोकिएका शर्त नमानेमा विघटन र दर्ता खारेजीको प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: