×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दराज दशैं धमाका घोषणा : १० हजार सम्मको भाउचर, ७० प्रतिशत सम्म मेगा डिल र बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दराज दशैं धमाका घोषणा : १० हजार सम्मको भाउचर, ७० प्रतिशत सम्म मेगा डिल र बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर

२९ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अनलाइन बजार दराजले आफ्नो वार्षिक दशैं धमाका अभियानको घोषणा गरेको छ । यो अभियान भदौ २९ गतेबाट सुरु हुने भएको छ भने गत वर्षको तुलनामा अजै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ ।

यस अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, नि:शुल्क शिपिंग, रु.२५०० सम्मको प्रीपेमेन्ट छुट, रु.१०,००० सम्मको मेगा भाउचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा NIU NQI इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ ।

कार्ड प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राहकहरूले डेबिट कार्ड मार्फत १५ प्रतिशत (अधिकतम रु. २०००) र क्रेडिट कार्ड मार्फत २० प्रतिशत (अधिकतम रु. २५००) सम्मको छुट पाउन सक्नेछन् । विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकहरूले माथि उल्लिखित छुटहरू प्राप्त गर्न सक्ने दराजले जनाएको छ ।

साथै, एनआईसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत ० % ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन् । यससँगै अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५ प्रतिशत (अधिकतम रु. १०००) सम्मको अतिरिक्त छुट पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

विगतमा जस्तै, दशैं धमाकाले धेरै लोकप्रिय खेल १ रुपैयाँको गेम पनि फिचर गर्दै छ जसमार्फत ग्राहकहरूले निम्न मध्ये कुनै पनि पुरस्कारहरू मात्र १ रुपैयाँमा जित्नका लागि सहभागी हुन सक्नेछन्। अमेज़ फिट जीटीएस मिनी, साउण्डकोर लाइफ नोट, एक जोडीको लागि एती एयरलाइन्सको वान वे टिकट र मोटो जी २२, सहभागी हुनको लागि, ग्राहकहरूले अनलाइन प्रीपेमेन्ट मार्फत रु.१ अग्रिम भुक्तानी (प्रिपे) गर्नु पर्दछ। एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई रु.१ फिर्ता गरिने कम्पनीले जनाएको छ ।

प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट उत्कृष्ट छुट

दराज दशैं धमाकामा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट विशेष डिल र छुटहरू उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । अभियानका लागि डायमण्ड पार्ट्नर्समा रोहटो, गोल्डस्टार, एमआई र क्यूएनयू छन् भने प्लेटिनम पार्ट्नर्स साझेदारहरूमा वाओ, आमय्रा फेशन हाउस, सिजी डिजीटल, फिलिप्स, एडिडास फ्याक्ट्री आउटलेट र कडेन्स नेपाल रहेका छन्।

साथै, गोल्ड पार्टनरहरूमा जुआस, मामाअर्थ, अमेजफिट, मसाला बिड्स, कन्भर्स, न्यू ब्यालेन्स, लोट्टो स्पोर्ट्स नेपाल र वन प्लस समावेश छन् । अभियानका थप हाइलाइटहरूमा शेक शेक भाउचर, ११ को बजार, आजाको दराज मल ब्रान्ड, कुपन नै कुपन, जो छिटो उस्ले जित्यो, सेलको झटका र स्टोरवाइड अफर समावेश रहेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी