×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको खातामा अव भिसा डाइरेक्टमार्फत सोझै रकम पठाउन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया बैंकको खातामा अव भिसा डाइरेक्टमार्फत सोझै रकम पठाउन सकिने

३० भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अव भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ । बैंकले भिसा इन्टरन्याशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरू सामु यो नवीन सेवाको सुरुवात गरेको हो ।

अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकहरूले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्ने र यस सेवा अन्तर्गत विश्वका कुनै पनि भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिने बताइएको छ ।

त्यसका लागि रकम पठाउने विदेशी तथा स्वदेशी ग्राहकहरूले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत यस बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सकिने बैंकले जनाएको छ ।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै बैंकले ल्याएको यस नवीन सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ । बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी