×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकका एससीटि डेबिट कार्ड प्रयोगकर्ताले दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकका एससीटि डेबिट कार्ड प्रयोगकर्ताले दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक पाउने

३१ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले दसैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससीटी) सँगको सहकार्यमा बैंकले दसैंका लागि एससीटी डेबिट कार्डको दमदार दसैं धमाका ‘थ्री-डी’ अफर अन्तर्गत क्यासब्याक ल्याएको हो ।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर रहेको बैंकले जनाएको छ। कुनै पनि प्वाइन्ट अफ सेल (पीओएस) टर्मिनलहरूमा भुक्तानी गर्ने एससीटी डेबिट कार्ड होल्डरले ३३.३३ प्रतिशत अथवा अधिकतम एक हजारसम्म क्यासब्याक पाउन सक्नेछन् ।

असोज १ गतेदेखि दसैंभर यो योजना चल्ने कम्पनीले जनाएको छ । कम्तिमा ३ वटा पीओएस कारोबार गर्ने कार्ड होल्डरलाई पाँच सय तथा कम्तिमा ६ वटा पीओएस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई एक हजार क्यासब्याक प्रदान गरिने बैंकले जनाएको हो ।

क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा पाँच सय रुपैयाँको हुनुपर्नेछ । यस्तै, दिनको एउटा कारोबार मात्र गणना हुने बैंकले जनाएको छ ।

हाल बैंकको २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी