×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको १ करोड १ लाख सम्मको बीमा सुविधा भएको ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ संचालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुक्तिनाथ विकास बैंकको १ करोड १ लाख सम्मको बीमा सुविधा भएको ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ संचालनमा

२ आश्विन २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र नेपालमै पहिलो पटक सर्वाधिक रु.१ करोड १ लाख सम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना संचालनमा ल्याएको छ ।

मुक्तिनाथ आशिर्वाद बचत खाता Gold Category मा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि रु ३० लाख गरी कुल रु. ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ सेवाहरुमा समेत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

यसै गरी मुक्तिनाथ आशिर्वाद बचत खाता Platinum Category मा न्यूनतम रु १००,००० मौज्दात राखेर खाता खोलेका  खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि रु. ८० लाख गरी कुल रु १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ सेवाहरुमा छुट प्राप्त गर्ने बैंकले जनाएको छ । बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ ।

थप जानकारीको लागि बैंकको १७६ शाखा कार्यालयहरुमा सम्पर्क गर्न र मिस्डकल बैंकिङ (मोबाईल नं. ९८०१११००२२) मार्फत समेत जानकारी लिन सकिनेछ । साथै बैंकले डिजिटल कारोबारलाइ प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी