×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असोज १५ देखि साथीमार्टले केही समयलाई फ्रेन्चाइज बन्द गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

असोज १५ देखि साथीमार्टले केही समयलाई फ्रेन्चाइज बन्द गर्ने

३ आश्विन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साथीमार्टले असोज १५ गतेदेखि केही समय फ्रेन्चाइज नदिने भएको छ । साथीमार्टका खुलेका फ्रेन्चाइजलाई अझ व्यवस्थित बनाउन, मार्केटिङ र यसको ब्रान्डिङ गर्ने उद्देश्यले फ्रेन्चाइज नदिने निर्णय गरेको साथीमार्टका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

साथै मार्टले प्रविधिको विकास, हप्ताको सातै दिन र २४ सै घण्टा सहयोग गर्ने, सप्लाइ चेनको व्यवस्थापन, स्टोर सेटअप र त्यसको व्यवस्थापनका लागि सहयोग गर्ने र अन्य नयाँ योजनाहरु लागू गर्ने पनि बताएको छ । नेपालमा पहिलोपटक अनलाइन टु अफ्लाइन (ओ टु ओ) इ–कमर्स सञ्चालन गर्ने साथीमार्टले देशैभर सेवा विस्तार गरेको छ ।

एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुविधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ । नेपालमा ३० भन्दा बढी जिल्ला र ६० भन्दा धेरै सहरमा साथीमार्टको १०८ फ्रेन्चाइज सञ्चालनमा छन् । त्यस्तै, काठमाडौ, इटहरी, विर्तामोड र बुटवलमा वायरहाउस रहेको छ, र चितवन र धनगढीमा छिट्टै सञ्चालन गर्ने योजना रहेको मार्टले जनाएको छ ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट http://(www.saathimart.com) मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी