काठमाडौं । ताइवानमा आइतबार राती शक्तिशाली भुकम्प गएको छ । ताइवानको दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ८ रेक्टर स्केलको भुकम्पले ताइवानको जनजिवन प्रभावित बनाएको छ । भुकम्पनमा परी हालसम्म १ सय ४६ जना घाइते भएको अन्तराष्ट्रि सञ्चार माध्यमले जनाएका छन् ।
भुकम्पका कारण ताइवानका सडकमा चिरा परेका छन् भने केही बिल्डिङ पूर्ण रुपमा भत्किएका छन् । पुल तथा अन्य भौतिक संरचनामा पनि क्षति भएको छ । त्यस्तै अहिले भुकम्पमा परी घाइते भएकाहरुको उद्धार र बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको छ । ताइवानमा गएको शक्तिशाली भुकम्पको असरलाई एजेन्सिको सहायतामा तस्विरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः