×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘खल्ती’ आईएसओ २७००१ : २०१३ द्वारा प्रमाणित

अर्थ सरोकार

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार

PRIME CA

‘खल्ती’ आईएसओ २७००१ : २०१३ द्वारा प्रमाणित

काठमाडौँ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ISO 27001 : 2013 द्वारा प्रमाणित भएको छ । खल्तीले आफूसँग सम्बन्धित सबै सरोकारवालाको डाटा सुरक्षा तथा संचालनलाई आईएसओ २७००१ः२०१३ प्रमाणिकरण गरेको हो । यस प्रमाणिकरण प्राप्त भए संगै अब खल्तीको संचन प्रकृया अझ पारदर्शी र सुरक्षित हुने अपेक्षा गरिएको छ ।

आईएसओ २७००१ः२०१३ एक अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड हो जसले निजि तथा सरकारी कम्पनीले कसरी आफ्नो डेटा व्यवस्थापन गरिन्छ, सूचना सुरक्षा व्यवस्थापन प्रणालीलाई कार्यान्वयन गरिन्छ, कायम राख्ने र निरन्तर रूपमा सुधार गरिन्छ भन्ने सन्दर्भमा उत्कृष्ट अभ्यासहरू प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । खल्तीले सुरक्षित डाटा सुरक्षा व्यवस्थापन, उपलब्धता र उत्तरदायित्व कायम गर्न तथा सुरक्षा उल्लङ्घनलाई रोक्न र न्यूनीकरण गर्न प्रतिवद्ध रहने वाचा गरेको छ ।

यस प्रमाणिकरणका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामी आईएसओ २७००१ः२०१३ द्वारा प्रमाणित भए संगै खल्तीको सेवा र डाटा सुरक्षा प्रतिको प्रतिवद्धलाई अझै प्राथमिकता दिँदै साथमा लाग्ने विश्वास दिलाउन चाहन्छौ र साथै हामी प्रतिको यो विश्वासलाई कायम गर्दै अझै गुणस्तरिय सेवा प्रदान गर्न हामीलाई थप चुनौती थपिएको छ जुन पुरा गर्न हामी सदाभ प्रतिवद्ध छौं।’

उक्त कुरामा थप गर्दै खल्तीका प्रमुख प्रविधि अधिकृत  र सह-संस्थापक ध्रुब अधिकारीले भने, ‘प्रमाणीकरणले योग्य हाम्रो खल्तीमा उद्योग मानक सुरक्षा अभ्यासहरू, हामीले दैनिक रूपमा निर्माण गर्ने व्यापार प्रक्रिया र प्रविधिप्रति हाम्रो प्रतिवद्धतालाई समर्थन गर्दछ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: