Skip to content
LAXMI SUNRISE BANK

आइसिटी अवार्ड २०२२ मा नलेज पार्टनरको रुपमा प्रेसिडेन्सियल विजनेश स्कुलको सहकार्य

अर्थ सरोकार

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम ‘आइसिटी अवार्ड’ को सातौं संस्करणका लागि नलेज पार्टनरको रुपमा प्रेसिडेन्सियल विजनेस स्कुल आवद्ध भएको छ । कलेज गत २ वर्षदेखि नै यस अभियानमा सहकार्य गर्दै आइरहेको छ ।

सोमबार प्रेसिडेन्सियल विजनेस स्कुलका कार्यकारी अध्यक्ष लक्ष्मण केसी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘नलेज पार्टनर’ को रुपमा अवार्डमा सहभागी स्टार्टअप, इन्नोभेटरहरुलाई विशेष कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ ।

सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’ को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ। यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुने भएको छ ।

लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना विज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन् । यस वर्ष साउथ एसिया वाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला रहेको छ ।

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते द सोल्टी काठमाडौँमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK