×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकद्वारा दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई ७ लाख बीमा रकम हस्तान्तरण

PRIME CA

मेगा बैंकद्वारा दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई ७ लाख बीमा रकम हस्तान्तरण

अर्थ सरोकार

१२ आश्विन २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमा बापतको रकम प्रदान गरेको छ ।

मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका राम बहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बिराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङ्गलाई प्रदान गरिएको मेगा बैंकले जनाएको छ ।

मृतक गुरुङ्गले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका थिए । २०७८ सालमा सवारी दुर्घटनामा परी उनको निधन भएको थियो । मेगा बैंकले तलबी खातामा बीमा सुबिधा प्रदान गर्दै आएको बैंकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताएका हुन् ।

न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको छ । ग्राहक र उनीहरुका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट केही वित्तीय राहत मिलोस् भनेर बैंकले ग्राहकहरुका लागि यो योजना ल्याएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: