×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउण्टेन इनर्जी नेपाल लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त !

PRIME CA

माउण्टेन इनर्जी नेपाल लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त !

५ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । भर्खरै मात्र सर्वसारधारणहरुमा शेयर निष्काशन भई बाँडफाँड गर्न बाँकी रहेको माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुको शेयर दाखिल खारेज लगायतको शेयरसंग सम्बन्धीत सवै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
२०७७ मंसिर ४ गते विहिबार माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटलबीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाईएको छ । अव उक्त शेयरहरु बाँडफाँड भई सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण तथा नेपाल स्टक एक्सचेज लिमिटेडमा सूचिकरण पश्चात बाँडफाँडमा परेका शेयरधनीहरुको शेयर हितग्राही खातामा जम्मा गर्ने लगायत शेयर रजिष्ट्रारको हैसियतले गर्नुपर्ने सम्पूण कामहरु एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ । 
उक्त सम्झौतामा माउण्टेन इनर्जीको तर्फबाट अख्तियार प्राप्त सञ्चालक डोलराज शर्मा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: