- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर बिक्री गर्ने भएको छ । बैंकले १००% अर्थात् ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । उक्त हकप्रदमा ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।
हाल यस बैंकको चुक्ता पुँजी ६ करोड ५६ लाख १७ जार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १३ करोड १२ लाख ३४ ह्जार रुपैयाँ पुग्नेछ ।