×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भायानेट कम्युनिकेसनको २३ वर्ष पुरा, ग्राहकहरूलाई उत्कृष्ट डिजिटल सेवा प्रदान गर्ने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भायानेट कम्युनिकेसनको २३ वर्ष पुरा, ग्राहकहरूलाई उत्कृष्ट डिजिटल सेवा प्रदान गर्ने उद्देश्य

३० आश्विन २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ । भायानेट उत्कृष्ट डिजिटल सेवाहरू मार्फत ग्राहकहरूकोलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापित भएको थियो । यो अवधिमा कम्पनीले भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट र उत्कृष्ट आईपिटिभी सेवाहरूमा इनोभेटिभ कम्पनीको रुपमा स्थापित भएको छ ।

कम्पनीले सेवाको निरन्तर अपग्रेड गर्नाका साथै थप ग्राहकहरु माझ आफ्नो गुणस्तरीय सेवा विस्तार गरिरहेको छ । भायानेटले आफ्नो अल्ट्रा-फाई इन्टरनेट लाइनअपहरू मार्फत बजारमा उपलब्ध इन्टरनेटका सबै भन्दा राम्रो विकल्पको रुपमा लाखौं ग्राहकलाई सेवा दिँदै आईरहेको जनाएको छ ।

भायानेटको अर्को उत्कृष्ट उत्पादन भाया टिभीले सस्तो दरमा १७५+ टिभि च्यानलहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीले भर्खरै ViaTV लाई भाया टिभी २.० मा अपग्रेड गरी अलग-अलग दर्शक प्रोफाइलहरू, पिक्चर-इन-पिक्चर मोड, पे-पर-भिउ लगायतका आधुनिक फिचरहरू लिएर आएको छ ।

आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा कम्पनीले यस यात्रालाई स्मरणीय र रोचक बनाउन हरदम साथ दिएकोमा आफ्ना सम्पूर्ण ग्राहकवर्ग, कर्मचारी र अन्य सरोकारवालाहरूलाई धन्यवाद दिएको छ ।

भविष्यमा भायानेट कम्युनिकेसनले व्यक्तिगत तथा व्यावसायिक उद्देश्यका लागि इन्टरनेट, टिभी र अन्य डिजिटल सेवाहरूको नियमित मागहरू पूरा गर्न आफ्ना उत्पादन र सेवाहरूलाई अझ बढी व्यवस्थित र विस्तारित गराउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी