×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दराजले सुरु गर्यो ‘दराज क्लब’, ग्राहकहरुलाई विशेष फाइदा उठाउने अद्भुत अवसर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दराजले सुरु गर्यो ‘दराज क्लब’, ग्राहकहरुलाई विशेष फाइदा उठाउने अद्भुत अवसर

३० आश्विन २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बर्शिप प्रोग्राम दराज क्लब सुरु भएको घोषणा गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले दराज एप मार्फत विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् भने ग्राहकहरुले दराज एपमा प्रत्येक खरीदारी पछि जेम्स कमाउन सक्ने पनि कम्पनीले जनाएको छ ।

दराज क्लबको सदस्य बनेर ग्राहकहरूले उच्च जेम्स रिडेम्पशन, थप पुरस्कार र विशेष भाउचरहरू लगायतका अन्य फाइदाहरू प्राप्त गर्नेछन् भने यी सुविधाहरू मार्फत, ग्राहकहरूले आफ्ना अर्डरहरूमा अतिरिक्त छुट प्राप्त गर्न र थप बचत गर्न सक्ने कम्पनीको भनाई छ । दराज क्लब आईओएस र एन्ड्रोइड दुबै प्लेटफर्ममा उपलब्ध छ । नयाँ सुविधा प्राप्त गर्नको लागी ग्राहकहरुलाई आफ्नो दराज एप अपडेट गर्न अनुरोध गरिन्छ ।

क्लबमा सामेल हुनको लागि, ग्राहकहरूले डिसेम्बर ३१, २०२२ सम्म कम्तिमा २५०० जेम्सहरु सङ्कलन गर्नुपर्नेछ, जुन दराज मा किनमेल गरेर कमाइन सकिन्छ । डिसेम्बर ३१ पछि, क्लबमा सामेल हुन आवश्यक पर्ने जेम्सहरुको न्यूनतम संख्या ३५०० मा बढाइनेछ र दराज क्लबका सदस्यहरूले मात्र चेकआउटको समयमा छुटका लागि रत्नहरू प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी