काठमाडौं । कुमारी बैंकसँग मर्जरमा जाने तयारी गरेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले लाभाशं घोषणा गरेको छ । २९ गते शनिबार बसेको बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ७.६३३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै बैंकले बोनस समेत प्रस्ताव गरेको छ । बैंकले सेयरधनीहरुलाई चुक्ता पुँजीको ३.३६६३ प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड ९एनसीसी०सँग मर्जरमा जान लागेका कारण हाल दोश्रो बजारमा बैंकको कारोबार रोक्का रहेको छ ।