काठमाडौं । आयात प्रतिबन्ध गरिएका वस्तुहरुको प्रतितपत्र (एलसी) नखोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । आइतबार एकीकृत परिपत्र २०७८ संशोधन गरी राष्ट्र बैंकले आयात प्रतिबन्ध लगाएका वस्तुहरुको एलसी नखोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
गत बैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले जिप, कार, भ्यानजस्ता निजी सवारी साधन, मदिरा, ३ सय डलरभन्दा बढीको मोबाइल र १५० सीसी माथिका मोटरसाइकलसँगै १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
यद्यपी केही वस्तुको आयात प्रतिबन्ध खोले पनि सरकारले मदिरा, गाडी र मोबाइलको आयात प्रतिबन्धलाई लम्बाएको छ । शुक्रबार ती वस्तुको आयात थप २ महिनाका लागि रोक्का गर्ने निर्णय सरकारले गरेको छ । सोही निर्णयका आधारमा ती वस्तु आयातका लागि एलसी नखोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
‘नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्र खण्ड ७२ को सूचना बमोजिम केही वस्तुको पैठारीमा पूर्ण बन्देज लगाइएकाले सोही सूचना बमोजिम गर्नु÷गराउनु पर्नेछ,’ निर्देशनमा भनिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्