Skip to content
LAXMI SUNRISE BANK

सोल्टी होटलले ३ प्रतिशत बोनससहित कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने, पुस ७ गते बुक क्लोज

अर्थ सरोकार

काठमाडौं । सोल्टी होटल लिमिटेडले सेयरधनीका लागि २६.३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र २१.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्य रहेको कम्पनीले हाल कायम चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । होटलले लाभांश प्रस्तावसहित पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

सोल्टीले साधारण सभा प्रयोजनाका लागि पुस ७ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा ६ पुषसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् । कोभिडको कारण व्यवसाय प्रभावित हुँदा कम्पनीले आर्थिक वर्ष २०७५/७६ पछि सेयधनीलाई ३ आर्थिक वर्ष लाभांश वितरण गरेको थिएन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK