काठमाडौं । भारतले नेपाल आउने धानमा लगाएको भन्सार शुल्क हटाएको छ । भारतले धान नेपाल निर्यात गर्दा लाग्ने २० प्रतिशत भन्सार शुल्क नलिने भएको हो ।
मंगलबार एक सूचना जारी गर्दै भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग)ले नेपालको लागि धान निर्यातमा भन्सार शुल्क शूल्य बनाएको जनाएको छ । यसअघि भारत सरकारले नेपालको लागि धान निर्यात गर्दा समेत २० प्रतिशत भन्सार शुल्क लाग्ने बताएको थियो ।
भारत सरकारले निर्णय गरेसँगै वीरगञ्ज उद्योग वाणिज्य संघले सो निर्णयको विरोध समेत गरेको थियो । संघले नेपाल तथा भारतका सम्बन्धित निकायमा पुगेरै धान निर्यातमा लगाएको भन्सार शुल्क शून्यमा झार्न दबाब दिँदै आएका थिए ।
अब भने भारतबाट नेपाल आउने धानमा कुनै पनि भन्सार शुल्क नलाग्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्