काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र कर तथा राजस्व समितिका सभापति संदीप कुमार अग्रवाल राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित भएका छन् । सरकारले धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई कर दिवसका अवसरमा सम्मानित गर्दै आएको छ ।
मंसिर ७ गते बुधबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ मा वस्तु व्यापारतर्फ महासंघका अध्यक्ष गोल्छाको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., बरिष्ठ उपाध्यक्ष ढकालको आईएमई लिमिटेड रेमिट्यान्सतर्फ र कर तथा राजस्व समितिका सभापति अग्रवालको शिवशक्ति घ्यु कम्पनी खानेतेल निर्याततर्फ बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएका हुन्।
राष्ट्रिय कर दिवसको लागि यस वर्षको नारा ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ तय गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्