काठमाडौं । ११औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । ‘स्वेच्छिक सहभागितासहितको फराकिलो करधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ हरेक वर्ष मंसिर १ देखि ७ गतेसम्म कर दिवस मनाईन्छ ।
बुधबार भएको कार्यक्रममा पोखराका उद्योगी, व्यवसायीलाई सम्मान गरिएको छ । सबै भन्दा बढी कर बुझाउन सफल यार्सा ल्याब्स प्रा.लि.लाई राजस्व कार्यालय पोखराले सम्मान गरेको हो ।
२०१६ मा स्थापित यार्सा ल्याब्स प्रा.लि. विगत आधा दशकदेखि मोबाईल गेम्स र मोबाइल एप्लिकेसन बनाउने कार्यमा अवद्ध रहेको छ । उक्त कम्पनिको लुडो गेम एप्लिकेसनले गत महिना आफ्नो १०० मिलियन डाउनलोड पार गरेर रेकर्ड कायम गरेको थियो । अन्य चर्चित गेम तथा एप्लिकेसनमा Photo Maker, Callbreak, Rummy आदि रहेका छन् ।
मोबाईल गेमिङ तथा एप्लिकेसनमा मात्र सिमित नरहि अन्य क्षेत्रमा पनि आवद्ध रहेको यार्सा ल्याब्सले विद्युतिय र यन्त्रिक उपकरण बनाउने कम्पनी यार्सा टेक, नेपाली व्यवसायीहरुको व्यापारिक नेटवर्क यार्सा बजार, बीमा क्षेत्रलाई आद्युनिकिकरण गर्ने सस्तो बीमा जस्ता योजनाहरु छिटै बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्